TodayPati

धनुषा प्रहरीद्वारा पौने ७ लाखको भन्सार छलिका समान बरामद

टुडेपाटी-
जनकपुरधाम, मंसिर ८ गते ।

धनुषा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट पौने सात लाख बराबरको चोरी पैठारी तथा भन्सार छलीका अवैध समान बरामद गरेको छ । धनुषाको विदेह नगरपालिका ५ बाट बेवारिसे अवस्थामा रहेको अन्दाजी ५ लाख ५ हजार बराबरको विभिन्न किसमिका लत्ता कपडा आइतबार बरामद गरेको जनाएको छ ।

यस्तै विदेह नगरपालिका २ ठाडिझिझाबाट १ लाख ५ हजार बराबरको भाडा बरतन, नगराईन नगरपालिका १ बाट ३० हजार बराबरको १६ बोरा मटर र जनकपुर उपमहानगरपालिका ४ पिडारीमाईबाट २९ हजार बराबरको चिनी, बिस्कुट, सलाई लगायतको समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Sponsored

बरामद गरेको उक्त समानहरुको मूल्य ६ लाख ६९ हजार रहेको बराबरको रहेको प्रहरीको भनाइ छ । उक्त समानहरु आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *