TodayPati

कक्षा १२ को परीक्षा आजदेखि सुरु

टुडेपाटी-
जनकपुरधाम, मंसिर ९ गते ।

कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । कोरोना भाइरस संक्रमणका कारण गएको वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ८ महिना पश्चात आजबाट हुन लागेको हो ।

भौतिक उपस्थितिमै देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरुको परीक्षा लिन लागेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बिहान ८ बजेबाट सुरु भएको परीक्षा साढे एक घण्टाको हुने छ ।

Sponsored

मंसिर १६ सम्म चल्ने परीक्षामा बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेको हो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ ।

सबै परीक्षा केन्द्रहरुमा पूर्णरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको भन्दै ढुक्क भएर परीक्षा दिन बोर्डले आग्रह गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले पनि घरमा रहँदा होस् वा परीक्षा केन्द्रमा आउ–जाउ गर्दा होस् कोभिडविरुद्धका मापदण्ड सही ढंगले पालना गर्न परीक्षार्थीहरुलाई आग्रह गरेका छन् ।

बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले परीक्षार्थीहरुबीच कम्तीमा दुई मिटर दुरी कायम गरी एउटा कोठामा २० जनासम्म मात्र राखिने बताए । परीक्षार्थीहरु, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्क लगाउनु पर्ने छ । उनीहरुलाई ज्वरो नापेर मात्रै प्रवेश दिइने र परीक्षा केन्द्रमा सेनिटाइजरको समेत व्यवस्था गरिएको बोर्डका अध्यक्ष पौडेलको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *