TodayPati

बारामा तीव्र गतिका कारण सुमो दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते

टुडेपाटी-

बारा, मंसिर २ गते ।

बारामा तीव्र गतिमा रहेको सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

Sponsored

मंगलबार ना १ ज २८७९ नम्बरको सुमो दुर्घटना हुँदा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ जैतापुर बस्ने ३० वर्षीया सुखी धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बारास्थित मानवत मटिअर्वा सडक खण्ड अन्तरगत जैतापुर बाट कलैया आउदै गरेको सुमो कलैया उपमहानगरपालिका २४ को वेलवाडीमा सडक नजिकैको विद्युतीय पोलमा ठक्कर खाँदा दुर्घटनामा परेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

दुर्घटनामा सुमोका चालक रामभजन धामी, सावित्री चौधरी, सरस्वती धामी लगायत घाइते भएका छन् । अन्यको नाम खुल्न सकेको छैन ।

Sponsored

घाइते भएकाहरुको वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचार भइरहेको छ । चालक राम भजनको अवस्था गम्भीर रहेको मिश्रले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *