पर्सामा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु
टुडेपाटी-
पर्सा, मंसिर २ गते ।
पर्सामा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
वीरगन्जको नेशनल मेडिकल कलेजद्वारा सञ्चालित बाबा होटल कोभिड उपचार केन्द्रमा उपचाररत ६४ वर्षीय महिलाको कोरोना संक्रमणले मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १५ निवासी ती महिलामा स्वास्थ्यमा समस्या आएपछि आइतबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो । भर्नाको क्रममा जिन एक्पर्ट प्रविधिबाट परीक्षण गर्दा आइतबार नै कोरोना पुष्टि भएको थियो ।
पर्सामा संक्रमित महिलाको मृत्यु
रिपोर्ट पोजेटिभ आएपछि उनलाई बाबा होटल कोभिड उपचार केन्द्रको आइसियूमा राखेर उपचार गरिएको थियो । तर उपचारकै क्रममा उनको सोमबार राती मृत्यु भएको अस्पतालले जनाएको छ ।
Sponsored
पर्सामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।