धनुषामा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
टुडेपाटी-
जनकपुरधाम, मंसिर २ गते ।
धनुषामा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । धनुषाको धनुषाधाम नगरपालिकामा ४ स्थित गौरीपुरमा दीपावलीको अवसरमा आयोजना गरिएको मेलाबाट पिसाब फेर्न बाहिर निस्केकी किशोरीमाथि सामूहिक बलात्कार भएको हो ।
सोमबार राति गणेशमान चारनाथ नगरपालिकाको वडा नम्बर ११ कि दलित समुदायकी युवतीलाई रक्सिले मातिएका दुई युवकले ती केटीलाई मुख थुनेर कार्यक्रम स्थलभन्दा १ किलोमिटर पुर्व तथा अन्हेरबाट प्राथमिक विद्यालय शंकरपुर भन्दा ५० मिटर पश्चिमको मैदानमा लगि करणी गरेको इलाका प्रहरी कार्यालय सवैलाका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए ।
घटनास्थलबाट ती किशोरीलाई चढाएर ल्याएको स ५ प ७३८१ नम्बरको मोटरसाइकल, प्रयोग गरेको जुत्ता र कपडा बरामद भएको र दुबै युवको खोजी कार्य जारी रहेको उनले बताए ।
किशोरी स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको इलाका प्रहरी कार्यालय सवैलाले जानकारी दिएको छ ।
Sponsored