TodayPati

सप्तरीमा आगलागी हुँदा तीनवटा पसल जलेर नष्ट, करिब १५ लाखको क्षति

शुभ नारायण यादव-
सप्तरी, कार्तिक ३० गते ।

सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं. ७ स्थित बिष्णुपुर नहर चाेकमा आगलागी हुँदा तीनवटा पसल जलेर नष्ट भएको छ । विद्युतको तारसट भएर अचानक गएराति भएको आगलागीमा सुशील साहकाे नास्ता पसलका साथै छिमेकी ननु साह र रसिया साहकाे साइकल पसल समेत जलेर नष्ट हुँदा करिब १५ लाखको क्षति भएको हो ।

प्रहरी चौकी बिष्णुपुरका असई अमित तिवारीले आगलागीबाट नास्ता पसलमा रहेकाे २ हजार नगद सहित पसलमा रहेका सम्पुर्ण सर समान जल्नुका साथे छिमेकी साइकल पसलका समेत सम्पुर्ण सर समान जलेर १५ लाखभन्दा बढीकाे क्षति भएको जानकारी दिए ।

Sponsored

उक्त आगलागी स्थानीयवासी ,प्रहरी तथा राजविराजबाट आएकाे बारुण यन्त्रकाे सहयाेगमा नियन्त्रणमा आएकाे प्रहरीले जनाएको छ । साे आगलागीबाट मानवीय तथा चाेपाया क्षति नभए पनि नास्ता पसलमा रहेकाे ग्यास सिलिन्डर बिष्फाेट हुँदा स्थानीयबासीहरु त्रसित बनेकाे थियाे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *