TodayPati

शनिबार साँझ देशभरका पाँच जिल्लामा आगलागी, कहाँ कति क्षति ?

टुडेपाटी-

जनकपुरधाम, कात्तिक ३० गते ।

दीपावली मनाउने क्रममा देशका विभिन्न जिल्लामा आगलागीका घटना भएका छन् ।

Sponsored

भक्तपुर, धादिङ, सप्तरी, झापा, सर्लाही लगायतका जिल्लामा लक्ष्मी पूजा गर्ने क्रममा आगलागी हुँदा लाखौंको क्षति भएको प्रहरीले जनाएको छ ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिका ४ मा कञ्चन सहनीको मोटर वर्कशपमा आगलागी हुँदा दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ । सहनीले लक्ष्मी पूजा गर्दा बालेको दियोबाट आगलागी सुरु भएको भक्तपुर प्रहरीले जनाएको छ । आगलागी स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।

त्यसैगरी धादिङको धुनबेसी नगरपालिका ४ को जीवनपुरमा पनि लक्ष्मी पूजा गर्ने क्रममा आगलागी भएको छ । स्थानीय उद्धव घिमिरेले सञ्चालन गरेको फेन्सी पसलमा लक्ष्मी पूजा गर्दा बालेको दियोबाट आगो सल्किएको हो । आगलागीबाट पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Sponsored

त्यसैगरी सप्तरीको विष्णुपुर गाउँपालिका ६ मा पनि लक्ष्मी पूजा गर्ने क्रममा मिठाई र साइकल पसलमा आगो लागेको छ। आगलागीमा साढे नौ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बिद्युत सर्ट भएर आगो लागेको हो ।

त्यस्तै झापाको बिर्तामोडमा वर्कशपमा आगो लाग्दा पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

सर्लाही सदरमुकाम मलङ्गवामा पनि आगलागीको घटना भएको छ । स्थानीय कैलाश शाहको सिलाई पसलमा लक्ष्मी पूजा गर्ने क्रममा दियोबाट आगो सल्किँदा एक लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *