TodayPati

धनुषामा विद्यालयबाट घर फर्किदै गरेका बालक बिजुली पोलमा किचिए

टुडेपाटी-
जनकपुरधाम, फागुन १८ गते ।

धनुषामा बिजुलीको पोलमा किचिएर स्कुले बालकको मृत्युु भएको छ ।

धनुषाको धनुषाधाम नगरपालिका ३ बस्ने विनोद गडेरीका छोरा अन्दाजी बर्ष १० आशिक गडेरीको बिजुलीको पुलमा किचेर मृत्यु भएको हो ।

Sponsored

स्थानीय धनुष आवासीय विद्यालयमा अध्ययनरत बालक अाशिक अाइतबार दिउँसो ४ बजे विद्यालय विदा भएपछि घर फर्किने क्रममा सडक छेउमा जम्मा गरि राखिएको विजुलीको पोलमा खेल्न जाँदा किचिएको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ । बालक पोलमाथि चढ्दा ढलेर जिउमै किचिएपछि घटना स्थलमै मृत्युु भएको जनाएको छ ।


बालक किचिएको जानकारी हुनासाथ ५० मिटरको दुरीमा मात्र रहेको ईलाका प्रहरी कार्यालय धनुषा र सशस्त्र प्रहरी बल धनुषाधाम घटनास्थल पुगेर डोजर लिएर पोल हटाएको थियो । स्थानीयका अनुसार तबसम्म बालकको मृत्यु भइसकेको थियो ।


बालकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको प्रहरीले जनाएको छ । स्थानीयबासीले विद्युत प्राधिकरणको लापरवाहीले मृत्यु भएको भन्दै अाक्रोशित भएका छन् ।

Sponsored

धनुषाधाम नगरपालिका भित्र विभिन्न स्थानमा विद्युतिकरणको लागि पोल राखिएको धनुषाधाम विद्युत प्राधिकरण प्रमुख जयगोपाल साहले बताए । एक महिना अघि अमलेख गञ्जबाट ल्याइएको र एउटा पोलको तौल १२०० किलो हुने गरेकाले क्रेनले नै मिलाएर सडक छेउमा व्यवस्थित गरि राखिएको उनको भनाइ छ । व्यवस्थित गरेरै राखिएको पोलले दुर्घटना भएकोमा अाफु अाश्चर्यमा परेको बताउदै प्रमुख साहले नियमानुसार घटनाको जिम्मेवारी लिने बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *