TodayPati

मधेस प्रदेशबाट पछि हटेनन मधेसवादी दल, प्रदेश २ को नामाकरणकालागि भोटिङ हुने

टुडेपाटी
जनकपुरधाम, फागुन १८ गते ।

प्रदेश २ को नामाकरणकालागि प्रदेशसभामा मतदान हुने भएको छ । सत्तारुढ दल राष्ट्रिय जनता पार्टी –समाजवादी पार्टी र प्रतिपक्षी नेपाल कमयुष्टि पार्टी र काँग्रेसबीच नामाकराणकालागि समहमती नहुने देखिएपछि मतदान हुने भएको हो । नामाकरण टुंग्याउन बनेको विशेष संसदीय समितीको आज अन्तिम बैठक बस्दै छ ।

तर बैठकमा सहमती हुने कुनै सम्भावना नरहेको समितीका सदस्यहरले बताएका छन् । सत्तारुढ राजपा र समाजवादी पार्टी मधेस प्रदेशकै अडान राखेकाले नामाकरण टुंग्याउन सकस परेको हो । यता समितीको छलफलको क्रममा नेकपा लचक हँुदै जानकी मधेस प्रदेश नामाकरण हुनुपर्ने बताउँदै आएका छन् भने काँग्रेसले मिथिला मधेस वा मिथिला भोजपुरा मधेस राख्नुपर्ने अडान राखेको छ ।

आजको संसदिय समितीको बैठकमा नामाकरण टुंगो नलागे भोली बस्ने प्रदेशसभा बैठकमा मतदानकालागि प्रस्ताव हुन सक्ने बताइएको छ । दुइ तिहाइ बहुमतको आधारमा नामाकरण टुंगिने छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *