TodayPati

सप्तरीका अग्निपीडित परिवारलाई राहत वितरण

शुभ नारायण यादव-
सप्तरी, कार्तिक २७ गते ।

आगलागीका कारण बिचल्लीमा परेका एक अग्निपीडित परिवारलाई धर्मी हल्फा महिला विकास क्लवले राहत वितरण गरेको छ ।

घरमा आगलागी भई बिच्चलीमा रहेको सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नं।(३ मटगडहाको अग्नीपीडित मखेली यादवलाई राहतस्वरुप त्रिपाल,साडि,धोती,तन्ना,झुल,थाल,गलास,कराहि,डेकची,ढोलनी लगायतका राहत सामाग्रीहरु वितरण गरेको क्लवका अध्यक्ष इ। सुर्य नारायण यादवले जानकारी दिए ।

Sponsored

गत कार्तिक २४ गते आगलागी हुँदा ३ लाखभन्दा बढीको क्षति भएको थियो । आगलागीबाट घरमा रहेका सम्पूर्ण सरसमान जलेपछि पीडित परिवार कष्टकर जीवनयापन गर्दै आइरहेको बेला क्लबले राहत स्वरुप बिभिन्न सामग्रीहरु पर्दान गरिएको छ ।

पीडित परिवारले राहत पाएपछि धन्यवाद ज्ञापन गर्दे खुसी ब्यक्त गरेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *