TodayPati

पौने ७ लाख नक्कली नोट र छाप्ने मेसिनसहित सिरहाबाट ३ जना पक्राउ

टुडेपाटी-
जनकपुरधाम, कात्तिक २७ गते ।

सिरहामा नक्कली नोट र छाप्ने मेसिनसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका ६ बाट तीनै जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका १२ का धिरज राय, सोही ठाउँका सञ्जयकुमार राय र कल्याणपुर नगरपालिका ७ का विमलेन्द्र नायक रहेका छन् ।

गोलबजार नपा ६ भोटनाथ चोकस्थित वीरेन्द्र महतोको घरबाट ६ लाख ८८ हजार नक्कली नोट, एक थान प्रिन्टर, एक थान ल्यापटप, एक थान मोटरसाइकलका समानसहित तीनै जनालाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक उमाशंकर पञ्जियारले जानकारी दिए ।

Sponsored

विशेष सूचनाका आधारमा बिहीबार दिउँसो २ बजे इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तु जैसवालको नेतृत्वमा सशस्त्र प्रहरी समेतको टोली पुगेर महतोको घर घेराउ गरी खानतलासी गर्दा ती सामानहरु बरामद भएको उनले बताए । प्रहरीले नक्कली नोट छाप्ने ठूलो गिरोह हुनसक्ने भन्दै थप अनुसन्धान अगाडि बढाएको छ ।

पक्राउ परेकाहरू कहिलेदेखि नक्कली नोट छाप्दै थिए भन्ने विषयमा केही खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि सिरहाबाट लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *