TodayPati

सप्तरीमा विपद प्रतिक्रर्यात्मक सामाजिक सुरक्षा ताालिम सम्पन्न

शुभनारायण यादव-
राजविराज, कार्तिक २५ गते ।


सप्तरीको सप्तकोशी नगरपालिका स्थित फत्तेपुरमा विपद प्रतिक्रर्यात्मक सामाजिक सुरक्षा सम्बन्धि दुई दिने ताालिम सम्पन्न भएको छ । नगर स्तरीय सामाजिक सुरक्षा नितिलाई विपद प्रतिक्रियात्मक बनाउने उदेश्यले दुई दिने तालिमको आयोजना भएको थियो ।

डीसीए नेपालको साझेदारीमा कोशी पीडित समाज तथा सप्तकोशी नगरपालिकाको समन्वयमा सञ्चालित इनोभेसन परियोजनाको सहयोगमा सञ्चालित उक्त तालिममा अत्ति प्रभावकारी रहेको उप प्रमुख आशा चौधरीले बताइन् ।

Sponsored

तालिममा नगर प्रमुख नगर प्रमुख उत्तमकुमार गौतम, उपप्रमुख, वडाअध्यक्षहरु, विभिन्न शाखा प्रमुख, कार्यपालिका सदस्यसहित २२ जनाको सहभागिता रहेको आयोजक समाजका सुकदेव चौधरीले जानकारी दिए ।

चौधरीले सप्तकोशी नगरपालिकाका सामाजिक सुरक्षा नितिलाई व्यवहारिक र विपद प्रतिक्रियात्मक बनाउने, विपद प्रतिक्रियात्मक सामाजिक सुरक्षाको आधारभुत बुझाईलाई स्थानीय तहमा फराकिलो बनाईने, विपदमा नगद सहयोग कार्यक्रम सञ्चालनका लागि आवश्यक कार्यविधिका बारेमा अभिब्यक्ति प्रदान गर्ने लक्ष्य रहेको बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *