सर्लाहीमा खाल्डोमा डुबेर दुई वर्षीय बालकको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, कात्तिक २२ गते ।
सर्लाहीमा फोहोर पानी जम्मा गर्ने खाल्डोमा डुबेर एकजना बालकको मृत्यु भएको छ ।
ईश्वरपुर नगरपालिका ५ स्थित महेन्द्र विष्टको घर अगाडि फोहोर पानी जम्मा गर्ने खाल्डोमा डुबेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही ठाउँका विक्रम महतोका २ वर्षीय छोरा रामप्रवेश महतोको मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए । बालकको शुक्रबार साँझ डुबेर मृत्यु भएको उनले बताए ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।