TodayPati

जब एकैपटक तीन श्रीमतीले कर्वा चौथ ब्रत बसिनन्…

टुडेपाटी-
जनकपुरधाम, कात्तिक २२ गते ।

भारतका हिन्दु नारीहरुले हरेक वर्ष कर्वा चौथ पर्व मनाउँछन् ।

यस पर्वमा महिलाले श्रीमानको आयु लामो होस् भन्ने कामना गर्दछन् ।

Sponsored

सामान्य हिसाबमा कर्वा चौथमा एक महिलाले आफ्ना श्रीमानको आयुको कामना गर्दै प्रार्थना गर्दछिन्, ब्रत बस्दछिन् ।

तर भारतको उत्तर प्रदेशमा एक व्यक्तिका तीन श्रीमतीले एकैपटक श्रीमानको लागि कर्वा चौथको ब्रत बसेर प्रार्थना गरेका छन् ।

सोभा, रिना र पिंकी नाम गरेका यी महिलाहरु आफ्नै दिदीबहिनी भएको र यिनीहरुले १२ वर्ष अगाडि एकै व्यक्तिसँग विवाह गरेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

Sponsored

कृष्ण नाम गरेको पुरुषसँग उनीहरु सुरुवातदेखि नै मिलेर बसेको जनाइएको छ । श्रीमानको विषयलाई लिएर यी तीन महिलाबीच कहिल्यै विवाद नभएको पनि जनाइएको छ । एजेन्सी

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *