सप्तरीमा कोरोनाबाट एक स्वास्थ्यकर्मीको मृत्यु
शुभ नारायण यादव
सप्तरी, कार्तिक १९ गते ।
सप्तरीमा कोरोना संक्रमित एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ ।
गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराजको फार्मेसीमा कार्यरत २८ वर्षीय फारमेषी कार्यरत राजन साफिको मृत्यु भएको हो ।
केहीदिनअघि कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेसनमा बस्दै आएका थिए । सुरुमा ज्वरो देखिए पनि पछिल्लो चार दिन यता उनको स्वास्थ्य अवस्था सामान्य रहेको थियो ।
योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
Sponsored