TodayPati

सर्लाहीको मलंगवा नगरपालिकामा जिससले लगाए ताला

टुडेपाटी-
जनकपुरधाम, कात्तिक १९ गते ।

सर्लाहीको मलंगवा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले नगरपालिकामा तालाबन्दी गरेका हुन् । 

मलंगवा नगरपालिकाका प्रमुख निरसल साह र उपप्रमुख शवनम मिकरानीबीचको विवाद बढ्दै जाँदा मंगलबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको हो ।

नगरप्रमुख साहले अपारदर्शी गतिविधि गरेको, विकासका काममा मनोमानी गरेको, आफ्नो भूमिकामा समेत हस्तक्षेप गरेको भन्दै सोमबार उपप्रमुख मिकरानीले नगरपालिकाको लेखा शाखामा तालाबन्दी गरेकी थिइन् । उपप्रमुखले लगाएको ताला नगरप्रमुखले तोडेपछि विवाद उग्ररूप लिएको थियो । नगरप्रमुखले ताला फोडेको खबर पाएपछि उपप्रमुख मिकरानी पुनः जुलुससहित तालाचाबी बोकेर नगरपालिका कार्यालय पुगेकी थिइन् । त्यसपछि विवाद उत्कर्षमा पुगेको थियो ।

Sponsored

मंगलबार बिहान पनि नगरपालिका कार्यालय परिसरमा नारा, जुलुस र धर्ना भएको थियो । अवस्था तनावपूर्ण बनेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । उपप्रमुख पुनः तालाबन्दीको तयारीमा रहेको र नगरप्रमुख दलबलसहित पुनः फोड्ने तयारीमा रहेको अवस्थामा पुगेर जिसस सभापति आफैँले कार्यालयमा ताला लगाएका हुन् ।

जिल्ला समन्वय समिति सर्लाहीका सभापति चौधरीले दुवै पक्षबीच छलफल गरेर समस्या समाधान गरेपछि आफैँले ताला खोलिदिने बताएका छन् । नगरप्रमुख पक्ष र उपप्रमुख पक्षबीचको विवादले द्वन्द्वको रूप लिएपछि विवाद मिलाउन कार्यालयमा तालाबन्दी गर्नुपरेको उनले बताए ।

यसअघि विवाद समाधानका लागि पटकपटक दुवै पक्षबीच छलफल गराएको उनको भनाइ छ । अगाडि चौधरीले भने, ‘विवाद समाधान गर्न लामो समय छलफल गराएको हुँ । तर, दुवै पक्ष टसमस नभएपछि दुवैको रोहबरमै अनिश्चितकालीन तालाबन्दी गरेको हुँ ।,’ समस्या समाधानका लागि तत्काल छलफलमा बस्न उनले आग्रह गरेका छन् । 

Sponsored

यता मलंगवाका नगरप्रमुख निरसल साहले आफुविरुद्ध केही वडाध्यक्षको साथ लिएर उपप्रमुखले झुठो आरोप लगाएको बताएका छन् । आर्थिक अनियमिततालगायत आरोपमा कुनै सत्यता नरहेको भन्दै उनले भने म माथि लगाइएको सबै आरोप झुठो रहेको बताए ।

उपप्रमुखले आफ्नो स्वार्थपूर्ति गर्नका लागि केही वडाध्यक्षको सहयोग लिएर मेरो बदनाम गर्न खोजेको उनले भने । कानून बिपरित कुनै काम गरेको प्रमाणित भए सजाय भोग्न तयार रहेको उनको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *