TodayPati

महोत्तरीमा ६१ वर्षीय बृद्धमाथि गोली प्रहार

टुडेपाटी
जनकपुरधाम, फागुन १८ गते ।

महोत्तरीको मनरासिसवा नगरपालिका–३ मा आज विहान गोली प्रहार भएको छ । स्थानीय ६१ वर्षीय सहदेवप्रसाद यादवमाथि आइतबार बिहान २ बजे गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

शौचालय जान निस्केको बेला अज्ञात व्यक्तिको गोली प्रहार गरेर फरार भएको डिएसपी माधव बुढाथोकीले बताए । गोली लागेर यादव घाइते भएका छन् ।

उनको छातीमुनि गोली लागेको छ । घाइते यादवलाई उद्धार गरेर जानकी केयर अस्पताल लगिएको र अवस्था खतरामुक्त रहेको प्रहरी नायव उपरिक्षक बुढाथोकीले बताए ।
गोली कसले र किन प्रहार गर्‍यो भन्ने खुलेको छैन ।घटनाबारे थप अनुसन्धान भैरहेको उनको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *