TodayPati

नेकपामा बबण्डर, बामदेव र युवराजको विषयमा टुंगो लगाउन बैठक बस्दै

टुडेपाटी
काठमाडौँ, फागुन १८ गते ।

नेपाल कमयुनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दै छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभा सदस्य पदमा कसलाई पठाउने भन्ने विवाद चर्किएका नेकपाको सचिवालय बैठक आइतबार बस्दैछ ।
बैठक साढे ११ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको महासचिव विष्णु पौडेलले जानकारी दिए । बैठकका खुलाइएको छैन । महासचिव विष्णु पौडेलले समसामयीक विषयमा छलफल हुने जानकारीमात्र आएको बताए ।
नेपाको गत बुधबार बसेको सचिवालय बैठकले फागुन २० पछि रिक्त हुने राष्ट्रियसभा सदस्य पदमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पठाउन सरकारलाई सिफारिस गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।
तर, उक्त निर्णयको २ घण्टा नवित्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले गौतमलाई नपठाइ युवराज खतिवडालाई नै निरन्तरता दिने भन्दै सचिवालयको निर्णय नमान्ने बताएका थिए । त्यसयता नेकपामा गौतम कि खतिवडा भन्ने विवाद चर्किएको छ ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरु बामदेव गौतमको पक्षमा छन् भने ओली र एक स्थायी समिति सदस्य ईश्वर पोखरेल युवराज खतिवडालाई नै निरन्तरता दिनुपर्ने पक्षमा छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *