रौतहटका एसपी साहलाई कोरोना संक्रमण
टुडेपाटी-
रौतहट, कार्तिक १८ गते ।
रौतहटका प्रहरी प्रमुख एसपी सिद्विबिक्रम शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । रुघाखोकीसँगै ज्वरो आउन थालेपछि पिसिआर टेस्ट गराउँदा रिपोर्ट पोजेटिभ आएको हो ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले एसपी साह अहिले सेल्फ आईसोलेसनमा बसेका छन् । सुरुमा रुघाखोकी र ज्वरो देखिए पनि हाल ज्वरो ठिक भएको प्रवक्ता श्रेष्ठले बताए ।
रौतहटमा पछिल्लो एक सातामा १ सय ८९ जनाको स्वाब परीक्षण गरिएकोमा १ सय जनामा कोभिड १९ संक्रमण पुष्टि भएको जिल्ला अस्पताल गौरले जनाएको छ । रौतहटमा हालसम्म कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भइसकेको छ ।