TodayPati

महोत्तरीबाट ७ लाखको भन्सार छलीको सामान बरामद

टुडेपाटी

महोत्तरी, कार्तिक १८ गते ।

महोत्तरीबाट सशस्त्र प्रहरीले सात लाख रुपैयाँ भन्दा बढीको भन्सार छलीका सामान बरामद गरेको छ । अवैध रुपमा भन्सार छलेर ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी बल महोत्तरीले करिब ७ लाख २ हजार मूल्य बराबरको सामान बरामद गरेको हो ।

Sponsored

मटिहानी नाका हुँदै भित्र्याइएको करिब ५ लाख ४० हजार मूल्यको डेन्टलसम्बन्धी उपकरण बरामद भएको महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिए ।

यसैगरी एकडाँडा गाउँपालिका क्षेत्रबाट १ लाख ६२ हजार मूल्य बराबरको भन्सार छली गरी ल्याइएको कपडा समेत बरामद भएको उनले बताए । सोमबार बरामद गरिएका उपकरण र कपडालाई जिल्ला भन्सार कार्यालय जलेश्वरमा बुझाइएको उनले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *