TodayPati

सर्लाही : नागिन पटाका सहित १ हजार ८८ किलो विष्फोटक पदार्थ बरामद

टुडेपाटी

सर्लाही, कार्तिक १८ गते ।

सर्लाहीबाट प्रहरीले ठूलो मात्रामा विष्फोटक पदार्थ बरामद गरेको छ । ट्याक्टरमा राखेर अवैध रूपमा भित्र्याइँदै गरेको १ हजार ८८ किलो पटाका बरामद गरेको प्रहरीले जनाएको छ ।

Sponsored

नागिन, भुइँचम्पा, रकेट, छुरछुरी, राधेचक्रलगायत पटाका भरतीय सीमावर्ती बलरा नगरपालिका–८ स्थित सडकबाट बरामद गरिएको प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।


इलाका प्रहरी कार्यालय गडहियाबाट गस्तीमा खटिएको टोलीले ज १ त २१७६–९ नम्बरको ट्य्राक्टरमा त्रिपालले छोपेर ल्याउँदै गरेको अवस्थामा उक्त पटाका बरामद गरेको हो ।

प्रहरी देखेपछि चालक भने ट्य्राक्टर छाडेर फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Sponsored

प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले घटनाबारे थप अनुसन्धान गरी मुद्दा चलाइने बताए ।

अदालतको आदेशमा विस्फोटकजन्य सामग्रीको परीक्षण गराई तिनलाई नष्ट गरिने उनको भनाइ छ । ‘ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद भएको छ, सम्बन्धित व्यक्तिको खोजतलास गरी मुद्दा चलाउँछौं,’ उनले भने, ‘नेपाली नम्बरको ट्य्राक्टर भएकाले यसमा संलग्न उम्किन पाउँदैनन् ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *