TodayPati

सप्तरीमा बालिकामाथि सामुहिक बलात्कारको प्रयास, एक पक्राउ, अर्का फरार

शुभ नारायण यादव

सप्तरी, कात्तिक १८ गते ।

सप्तरीमा बालिकालाई सामुहिक बलात्कारको प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । दशैंको मेला हेरेर फर्किदै गरेकी बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले राजगढ गाउँपालिका– १ झुटकीका २२ वर्षीय मुकेशकुमार यादवलाई प्रहरीलाई पक्राउ गरको हो ।

Sponsored

बलात्कार प्रयासका आरोपित यादवलाई पक्राउ गरी आज जिल्ला अदालतबाट म्यादसमेत थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मेलाबाट घर फर्किदै गरेकी बालिकालाई यादवसहित २७ वर्षीय शैलेन्द्र यादव र २४ वर्षीय मिथलेशकुमार मण्डलले गत कात्तिक १० गते बलात्कार प्रयास गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा कात्तिक ११ गते उजुरी दर्ता गराएका छन् । पीडित बालिकाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मङ्गलबार स्वास्थ्य परीक्षण गरिएको छ । अन्य आरोपितको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एवं प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *