TodayPati

बिहे गर्ने भन्दै दुई बालिकालाई भारतमा लगेर बेच्न खोजेको अरोपमा सप्तरीबाट युवक पक्राउ

टुडेपाटी-
सप्तरी, कार्तिक १८ गते ।

दुईबालिकालाई बिहे गरिदिने प्रलोभलनमा भारतमा लगेर बिक्री गर्न खोजेको अरोपमा सप्तरीबाट एक युवक पक्राउ परेका छन् ।

१३ र १४ वर्षीया दुई बालिकालाई भारतमा लगि बिक्री गर्न खोजेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय सुनिलकुमार शर्मा भनिने नुर सलामलाई प्रहरीले पक्राउ गरेको हो ।

Sponsored

पीडित बालिकाका अभिभावकले संयुक्तरूपमा आइतबार दिएको निवेदनको आधारमा सलामलाई प्रहरीले पक्राउ गरेको छ । सलामसहित दुई जनाविरुद्ध मानव बेचविखन तथा ओसारपसार विरुद्धको उजुरी दर्ता गरी कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीका अनुसार अर्का आरोपित हनुमाननगर कंकालिनी–६ का २० वर्षीय ओमप्रकाश चौधरी फरार रहेको र उनको खोजी कार्य भइरहेको छ ।

दशैंको मेला हेर्न राजविराज पुगेका दुई बालिकालाई सलामले ललाईफकाई कात्तिक १० गते राति शम्भुनाथस्थित चौधरीको सानीआमाको घरमा लगेर राखेका थिए ।

Sponsored

बिहे गर्ने भन्दै सानिआमाको घरमा राखिएका दुई बालिकालाई कात्तिक ११ गते बिहानै मोटरसाइकलमा चढाएर उनले भारत बिहारको करियौत पु¥याएका थिए । स्थनीयलाई शंका लागेपछि सोधपुछ गर्दा उनी फरार भएका थिए । त्सपछि स्थानीयले पीडित बालिकाका परिवारका सदस्यलाई सम्पर्क गरी उनीहरुलाई जिम्मा लगाएका हुन् ।

पक्राउ परेका सलामलाई सोमबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *