TodayPati

सप्तरीमा श्रीमानको कुटपिटबाट गर्भवती महिला गम्भीर घाइते

शुभनारायण यादव-
सप्तरी, कार्तिक १७ गते ।

सप्तरीमा एक गर्भवती महिलालाई श्रीमानले निर्घात कुटपिट गरि गम्भीर घाइते बनाएका छन् । सप्तरीको महदेवा गाउँपालिका २ का रामनाथ खंगले आफ्नी २० वर्षिया श्रीमती पार्वती देवी खगलाई कुटपिट गरी गम्भीर घाइते बनाएका हुन् ।

घाइते महिलालाई छिमेकीहरूले राजविराज स्थित गजेन्द्रनारायण सिंह अन्चल अस्पतालमा आकस्मिक कक्षमा भर्ना गरेका थिए । यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि विपी कोइराला विज्ञान स्वास्थ्य प्रतिष्ठान धरान पठाएको सप्तरी प्रहरीले जनाएको छ ।

Sponsored

स्थानीयका अनुसार असार २०७६ मा वैवाहिक बन्धनमा बाधिएका यी दुई दम्पति बिच पटकपटक भनाभन, झै–झगडा हुँदै आएको छ ।

दुवै आँखा बन्द, ओठ सुन्निएको र नाकबाट रगत बगिरहेको अवस्थामा उनलाई अस्पताल भर्ना गरिएको थिायो । तर आँखामा गहिरो चोट लागेकोले धरान रेफर गरेको परिवारजनले बताएको छ ।
महिलामाथि भएको कुटपिट घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *