TodayPati

महोत्तरीमा पोलमा बिजुलीको तार जोड्न चढेका विद्युतका कर्मचारीको करेन्ट लागेर मृत्युु

टुडेपाटी-
बर्दिवास, कार्तिक १५ गते ।

महोत्तरीको बर्दिवासमा करेन्ट लागेर एक विद्युतका कर्मचारीको मृत्युु भएको छ । ट्रकले चुडाएको तार जोड्न सडक किनारको पोलमा चढेका महोत्तरी बर्दिबास विद्युत प्राधिकरणका प्राविधिक वर्षीय गौरीनन्द पण्डितको करेन्ट लागेर मृत्यु भएको हो । उनी रौतहटको पौराहा गाउँपालिका–६ का ३२ बासिन्दा थिए ।

बर्दिबास–१ स्थित सडक किनारमा ट्रकले चुडाएको तार जोड्न पोलमा चढेका उनलाई तार जोडने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर पोलमै झुण्डिएका पण्डितलाई देखेपछि गाउँलेहरुले सुकेको बासको भाटाले तारमा हानेर उद्दार गरेका थिए । त्यसलगत्तै उनलाई उपचारका लागी बर्दिबासस्थित जनसेवा अस्पताल लगेका थिए । त्यहाँ प्राथमिक उपचार गरेर थप उपचारका लागि उनलाई जानकी हेल्थकेयर जनकपुर पठाइएको थियो ।

Sponsored

त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको थियो । काठमाडौं पठाउन हेलिकप्टर मगाउने तयारी भैरहेका बेला जनकपुरमै उनको मृत्यु भएको नेपाल विद्युत प्राधिरण उपशाखा बर्दिबासका लाइन मर्मत शाखाका प्रमुख सुशील महतोले जानकारी दिए । 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *