TodayPati

कोजाग्रत पूर्णिमामा जानकी मन्दिरमा आयो १ सय ८ भार

टुडेपाटी-
जनकपुरधाम, कार्तिक १५ गते ।

कोजाग्रत पूर्णिमाका दिन प्रत्येक वर्ष झैं यस वर्ष पनि विश्व प्रसिद्ध जानकी मन्दिरमा १ सय ८ पाहुर (भार) आएको छ ।

महोत्तरीको रतौली निवासी स्वर्गीय ब्रम्ह्देव ठाकुरको घरबाट यसवर्ष पनि फलफुल, मिठाई, दहि, च्यूरा, पान, मखान सहितका १ सय ८ वटा पाहुर (भार) आएको हो ।

Sponsored

स्वर्गीय ठाकुरको घरबाट विगत १ सय १८ वर्षदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा जानकी मन्दिरमा पाहुर आउने गरेको छ ।

उनका परिवार मध्येका नविन ठाकुरले वर्षोदेखिको परम्परालाई आफुहरुले निरन्तरता दिँदै आएको बताए । स्वर्गीय ठाकुरको घरबाट जानकी मन्दिरमा परम्परागत ढंगले काँधमा पाहुर बोकेर पैदल हिँड्दै जानकी मन्दिरमा ल्याउने गरिन्छ ।

कोजाग्रत पूर्णिमाका दिन मन्दिरमा विशेष पूजा गर्ने चलन वर्षौदेखिको रहिआएको र यसवर्ष पनि सोही अनुरुप विशेष पुजा गरेको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *