TodayPati

धनुषामा ९ वर्षीया छोरीले दिइन् बुबालाई दागबत्ती

टुडेपाटी-
जनकपुरधाम, फागुन १७ गते

हाम्रो पितृसतात्मक समाजमा बुवाआमाको मृत्यु पश्चात उनको मृत शरीरलाई छोराले मात्र दागवत्ती दिने प्रचलन छ । तर, यस पितृसतात्मक सोचको कुनै वास्ता नै नगरि जनकपुरमा एक ९ वर्षीया बालिका आफ्नो मृतक पिताको काजक्रियामा बसेकी छन् ।

घटना हो जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१९ बेङ्गा शिवपुरको । आज (शनिवार) बिहान जनकपुरको वडा नम्बर–१९ बेङ्गा शिवपुरका कृष्णा यादव (भोला) को ३२ वर्षकै अल्पआयुमा निधन भयो ।

Sponsored

आफ्नो मृत पित्ताको दिवंगत शरिरमा बेङ्गास्थित स्मसान घाटमा उनकी ९ बर्षिया छोरी रागिनी यादवले दागबत्ती दिइन् । हाम्रो समाजमा महिलाले मलामी समेत जान नमिल्ने परम्परा रहिआएको सन्दर्भमा उनले आफ्नो पित्ताको विधिपूर्वक सबै कर्मकाण्ड गरेर दाहसंस्कार गरी महिलाप्रतिको सोचलाई उच्चसम्मान दिएको स्थानिय राजपाका नेता सिताराम यादवले बताए ।

बुवा कृष्णा यादव र आमा अञ्जु देवीको सन्तानको रूपमा जेठी छोरी रागिनी यादव र कान्छी छोरी सोहानी यादव छन् । कान्छी छोरी ५ वर्षकी छन् ।

महिलाले मलामी जानु हुँदैन, दागबत्ती दिनुहुँदैन भन्ने सामाजिक दवावका बाबजुद पनि ९ वर्षीया बालिका रागिनीले आफ्नो पिताको दाहसंस्कार गरेकी हुन् । बालिकाको यस साहसले समाजको रूढिवादी सोचलाई निरुत्साहित गर्न मद्दत पुग्ने र छोरालाई मात्र महत्व दिने समजाका केही व्यक्तिलाई गतिलो झापड मिलेको नेता यादवले बताए । ९ वर्षीया बालिकाको यस कदमलाई सकारात्मक रुपमा लिनुपर्ने उनको धारणा छ ।

Sponsored

यसअघि धनुषाको सबैला नगरपालिका वडा नम्बर–२ मा गत दुई हप्ता अगाडी ६५ वर्षीय रामनारायण यादवको मृत्यु हुँदा उनका पाँच छोरीहरु नेतुर यादव, राजोदेवी यादव, प्रमिलादेवी यादव, अनितादेवी यादव र गोरकी यादवले बुवाको शवलाई काँध दिएर मसानघाटसम्म पुर्याएका थिए । मृतक यादवको पार्थिव शरीरलाई उनकी ६२ वर्षीया पत्नी रवियादेवी यादवले दागबत्ती दिएकी थिइन् ।

यस्ता घटनाहरु दुःखद भएपनि महिला सशक्तीकरणको दृष्टान्त उदाहरण हुन्,स्थानीय रोशन सिंह राणाले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *