सामुदायिक विद्यालयमा अब कसैले आफ्नो खल्तीबाट शिक्षक राख्न पाउँदैन : शिक्षामन्त्री पोखरेल
टुडेपाटी-
जनकपुरधाम, फागुन १७ गते ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले अब कसैले आफ्नो सामुदायिक विद्यालयमा शिक्षक राख्न नपाउने बताएका छन् । शनिबार धनुषाको गणेशमान चारनाथ नगरपालिका ९ बरमझियामा सहिद रामवृक्ष यादव स्मृति प्राविधिक शिक्षालयको उदघाटन गर्दै उनले स्थानीय सरकारले माग गरेको शिक्षक शिक्षक सेवा आयोगले ६ महिना भित्र उपलब्ध गराउने बताए ।
विद्यालयहरुको समस्याहरु व्यवस्थापन गर्दै स्तरीय शिक्षाको लागि ९० प्रतिशत अधिकार स्थानीय सरकारलाई दिएको तर १० प्रतिशत मात्र शिक्षक आफैले राख्न पाउने अधिकार मात्र नदिएको उनको भनाइ छ ।
उनले सामुदायिक विद्यालयको अवस्था बिमार उद्योग जस्तो आफुलाई लागेको बताएका छन् । ‘नेपाल भरि ३५ हजार विद्यालयहरु मध्ये २९ हजार सामुदायिक विद्यालय छन् । तिनीहरुको अवस्था रुग्न र बिमार उद्योग जस्तै अ लाग्छ मलाई । हुन त हरेक जिल्लामा केहि राम्रा, सारै राम्रा सामुदायिक विद्यालयहरु पनि छन् । तिनीहरु प्रतिष्पर्धा गर्दै अगाडि बढिरहेको छ ।’ मन्त्री पोखरेलले भने ‘तर अहिले पनि सार्वजनिक धेरै स्कुलहरु मूलधार बन्न सकेको छैन । त्यसलाई मूलधार बनाउनु पर्छ । मूलधार बनाउन पहिलो शिक्षक व्यवस्थापनको सवाल नै हो । सक्षम शिक्षक नभइ स्कुलहरु बदलिदैन ।’
स्थानीय सरकारलाई नै विषेश अधिकार दिएकाले सामुदायिक विद्यालयहरुको दुरावस्था हटाउन भूमिका खेल्नुपर्ने शिक्षमन्त्री पोखरेलको धारणा छ ।
प्राविधिक शिक्षा अहिलेको मूख्य आवश्यक्ता रहेको भन्दै मन्त्री पोखरेलले सबैले अनिवार्य १२ कक्षासम्म पढ्नै पर्ने र विद्यालय छाड्दा हरेक विद्यार्थीमा जीवनयापन गर्ने एउटा सीप, अग्रेजी सिकेको र म्प्युटर शिक्षा भएकै हुनुपर्ने धारणा राखे ।
Sponsored
उनले नेपाली र मातृभाषालाई प्राथमिकतामा राखेर पठन पाठन गराउन आग्रह गरे । मातृभषामा कुनै कुरा सिक्न सक्ने क्षमता जोसुकैमा बढी भएको भन्दै मन्त्री पोखरेलले मातृभाषालाई अझ प्राथमिकतामा राखेर अध्यापन गराउन शिक्षकहरुलाई सुझाव दिए ।