सप्तरीबाट लागूऔषध सहित एक औषधी व्यवसायी पक्राउ
शुभ नारायण यादव-
सप्तरी, कार्तिक १३ गते ।
सप्तरीको बोदे बरसाईन नगरपालिका–१० खडकपुरबाट प्रहरीले अवैध लागूऔषध सहित एकजना औषधी व्यवसायीलाइ पक्राउ गरेकाे छ ।
भारतबाट अवेध रुपमा लुकिछुपि नेपालतफृ ल्याएकाे अवेध लागूऔषध सहित प्रहरीकाे टाेलिले स्थानीय ३७ वर्षीय रंजितकुमार यादवलाई पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय सप्तरी , ईलाका प्रहरी कार्यालय बोदे बरसाईन र प्रहरी चौकी देउरीबाट खटिएको प्रहरीले टोलीले यादवले नै सञ्चालन गरेको कुखुरा फार्मबाट ठुलो परिमाणको लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका यादवले सोही ठाउँमा औषधी पसल पनि सञ्चालन गर्दै आएका छन् ।
जिल्लाकाे खडकपुर चौकस्थित फार्ममा लुकाएर राखेको अवस्थामा १४४ थान स्पासमो प्रोयभोल ट्याब्लेट, ७० थान नाईट्रोभेट ट्याब्लेट, ३५ थान डाईलेक्स डिसी बोतल, ७ थान डाईजेलप इन्जेक्शन र २ थान नफिङ्ग इन्जेक्शन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता भुवनेश्वर साहले जानकारि दिनुभयाे । यता लागुऔषधसहित नियन्त्रणमा लिएर यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यता पछिल्लोपटक सप्तरीको विभिन्न सिमावर्ति नाकाहरुमा अवेध लागूऔषध अाेसार पाेसार गर्ने गिराेह ने सक्रिय रहेको जानकारहरुकाे कथन रहेको छ ।
Sponsored