मृत्युको ८ दिनपछि नेकपा नेता मुकेश चौरसियाको अन्त्येष्टि
टुडेपाटी-
पर्सा, कार्तिक १४ गते ।
पर्सामा झडपमा परी मृत्यु भएका नेकपाका नेता मुकेश चौरसियाको ८ दिनपछि अन्त्येष्टि गरिएको छ ।
बिहीबार सरकारी वकिलको कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा हत्यामा संलग्न १२ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएपछि मात्र शुक्रबार मृतकका परिवारले शव बुझेर साँझ अन्त्येष्टि गरिएको हो।
मुकेशलाई अाफ्नै गाउँ विन्दवासीनी गाउँपालिकाको बहुअर्वाभाठास्थित शम्शानघाटमा शुक्रबार साँझ अन्त्येष्टि गरिएको हो। मुकेशको शवमा नेकपाका स्थायी कमिटी सदस्य एंव पूर्वमन्त्री मातृका यादवले नेकपाको झण्डा ओढाएर श्रद्धान्जली दिएका छन् ।
विन्दवासिनी गाउँपादिका ५ मा गएको कार्तिक ६ गते नेकपाको गाउँकमिटीको सपथ ग्रहण कार्यक्रममा दुई गुटबीच भएको झडपमा गम्भीर घाइते नेकपाका जिल्ला सदस्य मुकेश चौरसीयाको कार्तिक ७ गते बिहान उपचारको क्रममा मृत्युु भएको थियो । उनी नेकपाका गाउँकमिटी सचिव समेत थिए ।
हत्यामा संलग्नविरुद्ध प्रहरीले जाहेरी लिन नमान्दा चौरसीयाको शव आठ दिनदेखि नारायणी अस्पतालमा राखिएको थियो । जाहेरी दर्ता भएपछि मुकेशको शवलाई शुक्रबार दिउँसो नारायणी अस्पतालमा पोष्टमार्टम गरेर शव यात्रा गरि अन्त्येष्टि गरिएको हो ।
Sponsored