TodayPati

महोत्तरीमा लागुऔषधसहित दुई युवक पक्राउ

टुडेपाटी-
जनकपुरधाम, कात्तिक १२ ग
ते

महोत्तरीमा लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । दोलखाको ठूलोपात गाउँपालिका– ९ का असिम भुजेल र सिन्धुलीको कमलामाई नगरपालिका बस्ने मनोज भुजेललाई पक्राउ गरेको हो ।

महोत्तरीको जलेश्वर नगरपालिका–३ मलिवारास्थित सशस्त्रको चेकपोस्टले भारी परिमाणमा लागुऔषध नाइट्राभेट ट्याबलेटसहित उनीहरूलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट जलेश्वरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक बिर्खबहादुर शाहीले जानकारी दिनुभयो ।

Sponsored

उहाँका अनुसार पक्राउ परेका दुवैजनाको साथबाट भारतबाट झोलामा राखेर लागुऔषध नाइट्राभेट एक हजार पाँच सय पिस ल्याउँदै गर्दा चेकजाँचको क्रममा दुबैजना पक्राउ परेको छ ।

पक्राउ परेका दुवै आरोपीलाई लागुऔषधसहित प्रहरीलाई जिम्मा लगाइएको छ । यता ठूलै परिमाणमा लागुऔषध ओसारपसार गर्दै गरेको अवस्थामा पक्राउ परेकोमा सशस्त्र प्रहरीले चेकजाँचलाई तीव्रता दिएको छ ।

विगतमा महोत्तरीकै सम्सी नाका लागुऔषध तस्करीको ट्रान्जिस्ट नाका रहँदै आएकोमा विगतमा अन्य नाकाहरूको प्रयोगसमेत बढेको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *