TodayPati

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, ३ घाइते

टुडेपाटी-

महोत्तरी, कात्तिक ९ गते ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

Sponsored

शनिवार राती करिव ११ः३० बजे रामगोपालपुर–सम्सी सडक खण्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा गम्भिर घाईते मध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ एक जनालाई थप उपचारको लागि विराटनगर रेफर गरिएको ईलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए ।

रामगोपालपुरबाट गोटवनौली तर्फ जादै गरेको गरेको ज.१०प. ३३९१ नम्बरको मोटरसाइकल र गोटवनौलीबाट रामगोपालपुर तर्फ आउँदै गरेको ज.९ प. ८४६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा ज.१०प. ३३९१ नम्बरको मोटरसाइकलमा सवार रामगोपालपुर नगरपालिका–५ कंचनपुर बस्ने २० वर्षीय लालबाबु मण्डल गम्भिर घाइते भएको थियो ।

गम्भिर घाईते भएका मण्डलको उपचारको क्रममा जनकपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी निरीक्षक भट्टराईले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *