TodayPati

अफगानिस्तानको सेनाले गरेको हवाई कारबाहीका क्रममा १३ जना बालबालिका मारिए

एजेन्सी

जनकपुरधाम, कात्तिक ९ गते ।

अफगानिस्तानको सेनाले गरेको हवाई कारबाहीका क्रममा कम्तीमा पनि १३ जना बालबालिका मारिएको बताइएको छ । अफगानिस्तानको उत्तर पश्चिमी प्रान्त तखारमा भएको हमलामा परी ती बालबालिका मारिएका अफगानिस्तानको मानवअधिकार आयोगले जानकारी दिएको छ ।

Sponsored

उक्त आयोगले तखार क्षेत्रमा अफगानिस्तानको सरकारी सैन्य फौजले तालिबानी रहेको सूचनाको आधारमा हवाई माध्यमबाट कारबाही गरेको थियो र त्यस कारबाहीमा पनि केही व्यक्ति मारिएका छन् ।

कारबाहीका क्रममा अरू पनि कैयौँ व्यक्ति घाइते भएका छन् । अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जालमी खालिजादले पनि सो जानकारी दिएका हुन् ।

तखार प्रान्तमा शुक्रबार कारबम हमला गरेर कैयौँ निर्दोष गाउँलेको हत्या भएको थियो ।  

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *