TodayPati

प्रचण्ड सरकारबाट बाहिरियो जसपा, समर्थन फिर्ता लियो

टुडेपाटी-
जनकपुरधाम, वैशाख ३१ गते ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) संघीय सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको छ । उपप्रधान तथा स्वास्थ्य मन्त्री रहेका जसपा संसदीय दलका नेता उपेन्द्र यादव, वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले आज बिहान प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई राजिनामा पत्र बुझाएका हुन् ।

सरकारबाट बाहिरिएसंगै उनले सभामुखलाई पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् । हिजो मात्रै प्रधानमन्त्री प्रचण्डले यादवलाई सरकारबाटा बाहिरिन निर्देृृृृृशन दिएका थिए ।

Sponsored

जसपा नेपाल विभाजनपछि कमजोर भएको छ । संघमा १२ सांसद रहेको जसपाको अशोक राई नेतृत्वमा ७ जना फुटेर जसपा पार्टी निर्वाचन आयोगमा दर्ता गराइ सकेका छन् । अब उपेन्द्र यादवसंग मात्र ५ सांसद छन् । मधेश प्रदेशमा रहेका जसपाका १९ मध्ये अहिलेसम्म कोही राई नेतृत्वको जसपामा खुलेका छैनन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *