प्रहरी हौँ भन्दै जबर्जस्ती पैसा अशुल्ने जनकपुरका सन्दिप सहित दुई जना प्रहरीको फन्दामा
टुडेपाटी
जनकपुरधाम, कार्तिक ७ गते ।
महोत्तरीमा प्रहरी हौँ भन्दै सर्वसाधारण संग जवर्जस्ती रकम तथा मोबाईल अशुल्ने दुईजना प्रहरीको फन्दामा परेका छन् ।
महोत्तरीको मनराशिश्वा नगरपालिका –२ बस्ने ३६ वर्षका प्रकाशकुमार सिंह र धनुषाको जनकपुरधाम उपमहानगरपालिका बस्ने बर्ष ३७ का सन्दिप कुमार राउतलाई मटिहानी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बिहीवार विहान नियन्त्रणमा लिएको हो ।
महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार पक्राउ परेका दुबैजनाको साथबाट सेम्संग मोबाइल् मोबाईल १ थान र ५ हजार रुपैयाँ ससमेत बरामद गरी थप अनुसन्धान भइरहको छ ।
Sponsored