TodayPati

प्रदेश २ : सवारी दुरुपयोगको सिमा नाघ्दै, सभामुख सरोज यादवको गाडीमा नातागोताको रँजाई

टुडेपाटी

जनकपुरधाम, कार्तिक ७ गते ।

प्रदेश २ को प्रदेशसभामा खरिद गरिएको फाजिल गाडीमा सभामुखले आफ्ना नातागोताकै मानिसलाई चढ्न दिएको खुलेको छ । करोडौं रुपैयाँ खर्चेर खरिद गरिएका सवारी साधन सभामुख सरोजकुमार यादवले नातागोता र कार्यकर्तालाई चढ्न दिएका छन्।

Sponsored

सभामुख सरोजकुमार यादव इसुजु कम्पनीको ज १ ग ४२७ र प्रदेश नं.२–०२–००१ झ ००३२ नम्बरको महिन्द्रा स्कारपियो गाडी प्रयोग गर्छन्।

इसुजु गाडी उनी जनकपुर अथवा प्रदेशभित्र प्रयोग गर्छन् भने काठमाडौं जाँदा त्यहीँ राखिएको महिन्द्रा स्कारपियो चढ्ने गरेको सचिवालयले जनाएको छ। त्यो गाडी काठमाडौँ जाने अन्य भीआईपीले प्रयोग गरेको उनको सचिवालयको दाबी छ।

त्यस्तै, सभामुखको सुरक्षामा पछाडि खटिने प्रहरीले प्रदेश नं. २–०२–००१ झ ००१४ (निसान) प्रयोग गर्छन्। यसका अतिरिक्त उनका परिवारका सदस्य तथा नातागोताले समेत प्रदेशसभाको गाडी प्रयोग गर्ने गरेको स्रोतले बतायो।

Sponsored

उपसभामुख उपमा देवले सुरुदेखि ज १ ग ४६० नम्बरको निसान टेरानो गाडी चढ्दै आएकी थिइन्। आर्थिक वर्ष २०७६÷०७७ मा भ्याटसहित ६७ लाख ५५ हजार मूल्य पर्ने दुई वटा महिन्द्रा एक्सयूभी गाडी किनेपछि प्रदेश नं. २–०२–००१ झ ०१०१ नम्बरको गाडी उनले प्रयोग गर्न थालिन्।

तर, पहिलेदेखि प्रयोग गर्दै आएको टेरानो गाडी उनले अहिलेसम्म पनि फिर्ता गरेकी छैनन्। सूचना अधिकारी झाले उक्त गाडी प्रदेशसभामै कार्यालय प्रयोजनको लागि कहिलेकाहीँ प्रयोग भएको दाबी गरे। तर, उपसभामुख देवका छोराले त्यो गाडी प्रयोग गरिरहेको कर्मचारीहरु बताउँछन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *