प्रहरी हुँ भन्दै महोत्तरीमा सर्वसाधारण संग पैसा र मोबाइल खोस्ने दुईजना पक्राउ
टुडेपाटी-
जनकपुरधाम, कार्तिक ६ गते ।
प्रहरी हुँ भन्दै सर्वसाधारण संग जवर्जस्ती रकम तथा मोबाईल अशुल्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी मनराशिश्वा नगरपालिका २ बस्ने ३६ वर्षका प्रकाशकुमार सिंह र धनुषाको जनकपुरधाम उपमहानगरपालिका बस्ने बर्ष ३७ का सन्दिप कुमार राउत छन् ।
बिहीबार बिहान ११ बजेको समयमा महोत्तरीको मटिहानी नगरपालिका ८ स्थित प्रहरी हुँ भन्दै सर्वसाधारणहरु रकम तथा मोबाईल जवर्जस्ती लिएको भन्ने खबर प्राप्त हुना प्रहरीचौकि मटिहानीबाट गएको टोलीले दुबैजनालाई नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
उनका अनुसार दुबैजनाको साथबाट सेम्संग मोबाइल् मोबाईल १ थान र ५ हजार रुपैयाँ ससमेत बरामद गरी थप अनुसन्धान गरिरहेको छ ।