जनकपुरधाम उपमहानगर १ को कार्यालयमा वडा सदस्यले नै गरे तालाबन्दी
टुडेपाटी-
जनकपुरधाम, कात्तिक ३ गते ।
जनकपुरधाम उपमहानगरालिका वडा नम्बर १ का वडा कार्यालयमा सदस्यले नै तालाबन्दी गरेका छन् । जानकीचोकस्थित उपमहानगरको ३ नम्बर वडा कार्यालयमा असन्तुष्ट ४ वडा सदस्यहरूले तालाबन्दीका क्रममा उनीहरूले विधिको शासन लागू गर, वार्षिक कार्यक्रम सार्वजनिक गर, नीति तथा कार्यक्रम सार्वजनिक गर, वडा भेला बृहत् गर, आयव्यय सार्वजनिकको माग गर्दै ताला लगाएर नाराबाजी समेत गरेका छन् ।
वडाध्यक्ष दीपेन्द्र साहको कार्यशैलीप्रति रुष्ट हँदै ४ वडा सदस्यले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
यता वडा कार्यालयमा तालाबन्दी गरिएको विषयमा वडाध्यक्ष दीपेन्द्र साहले असन्तुष्ट वडा सदस्यहरूसँग छलफल भइरहेको जानकारी दिए । उनले भने, ‘उहाँहरू पनि वडाबासीका लागि कुरा उठाउनु हुन्छ । म पनि वडाकै लागि काम गरिरहेको छु । अरु विषय ताला लगाउनेलाई सोध्नुस् ।’
तालाबन्दी गरेर समस्या समाधान नहुने हुँदा वडाको बोर्ड बैठकमा संवादको माध्यमबाट असन्तुष्टि राख्नु उपर्युक्त हुने साहले तर्क छ । जनताको हकहितका लागि हो भने तालाबन्दी गर्नु जायज नभएको साहले प्रतिक्रिया दिए ।
Sponsored