TodayPati

जनकपुरको राजदेवी मन्दिरमा यसपटक बोकाको साटो कुभिन्डो बलि दिइने

टुडेपाटी-
जनकपुरधाम, कार्तिक ३ गते ।

जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवीमन्दिरमा यसवर्ष बोकाबलीको साटो कुभिन्डो (कुम्हर) बलि दिइने भएको छ । प्रत्येक वर्ष हुँदै आएको बोलका बलि यसवर्ष कोरोना महामारीमा हुने भिडभाडको कारण नचढाएर कुभिन्डो बलि दिने निर्णय भएको हो ।

जिल्ला सुरक्षा समितिको आइतवार बसेको बैठकले राजदेवी मन्दिरमा हुने बली प्रदानलाई रोकेर कुभिण्डो बलीलाई नै क्षमापुजाको रुपमा लिने सहमति गरेको हो ।

Sponsored

मन्दिरमा बोकाबली नदिँदा अनिष्ट हुने विभिन्न कालखण्डमा जनविश्वास अनुसार राजदेवीसँग क्षमापूजा गर्ने निर्णय समेत गरिएको छ । यसवर्ष कुभिन्डो बलि दएर क्षमापूजन गर्ने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टाराईले जानकारी दिए ।

राजदेवी मन्दिरमा अन्य वर्षहरुझै अहिले पनि श्रद्धालुहरुको भीड लाग्ने गरेको छ । यद्यपी, प्रशासनले अत्यधिक भीड नगर्न र नगराउन स्थानीय सरोकारबालासँग पनि आग्रह गरेको छ ।

राजदेवी मन्दिरमा प्रत्येक वर्ष अष्टमीमा १० हजारभन्दा बढी बोकाबलि प्रदान हुने गरेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *