धनुषामा सईको सेटिङ्गमा अवैध मदिरा कारोबार, एकै जनाबाट महिनाको २० हजार सम्म असुल्दै
टुडेपाटी-
जनकपुरधाम, कात्तिक २ गते ।
नेपाल भारत सीमा भन्दा पाँच सय मिटर भित्रमा मदिरा उत्पादन तथा पसल खोल्न दुबै देशबीच सहमती भएपनि धनुषाको बिदेह नगरपालिका वडा नम्बर २ स्थित दुहबीमा पसल संगै अबैध मदिरा समेत उत्पादन गर्ने गरेको छ ।
कोरोना कालमा सीमा प्रहरी चौकी दुहबीका सई हिलसकुमार सिंहले सेटिङ्गमा पसल खोल्न र अबैध मदिरा उत्पादकहरु संग मोटो रकम लिई मदिरा उत्पादक तथा होटल खोल्न प्रोत्साहन गरेको छ । भारतमा मदिरा प्रतिबन्ध रहेका कारण दिन भरि भारतीय ग्राहक खचाखच भरिएको हुन्छ । यस्तो बेला कोरोना जोखिम समेत बढेकाले सई सिंहले पसल बन्द गराउनुको सट्टा घुमुवा चन्द्र सिंहलाई परिचालन गरी त्याहाँका होटल सञ्चालक बिरेन्द्र साह संग प्रति महिना १५ हजार रुपैयाँ लिने गरेको साह आफैं बताउँछन् ।
सरकारले प्रतिबन्ध लगाएको तथा दुबै देशबीच पाँच सय मिटर भित्रमा मदिरा उत्पादन तथा बिक्रिबितरण बन्द गरिएको भए पनि स्थानीय प्रहरीले गरेको यस्तो हर्कतलाई निकम्मापनको संज्ञा दिएको छ । कोरोना महामारीमा मदिरा उत्पादन तथा बिक्रिबितरण बन्द गर्न सई सिंहलाई पटक पटक लिखित तथा मौखिक जानकारी गराएको स्थानीयहरु बताउँछन् ।
त्यस्तै अर्का होटेल सञ्चालक सञ्जय साहले अबैध मदिरा समेत उत्पादन गर्ने गरेको छ । दुहबी गाउँ वडा नम्बर १ मा रहेको छ । तर सिमा प्रहरी चौकी दुहबीका घमुवा सिंहले अबैध मदिरा उत्पादक सञ्जय साहसंग प्रति महिना २० हजार रुपैयाँ लिने गरेको एक स्थानीयले जानकारी दिए । साहले महिनावारी दिएकै कारण लागुऔषध समेत भारतबाट ल्याएर नेपाली ग्राहक बेच्ने गरेको छ ।
सिमा प्रहरी चौकी दुहबीको ईलाकामा चिकना भन्ने गाँउबाट ५ जना भट्टि सञ्चालक संग र दुहबीमा दुई जना संग र ठाढीका हिरा पासमान लगायत कयौं संग महिनाबारी लिने गरेको छ । गाँउमै रक्सी उत्पादन गरेपछि गाँउ नै दुर्गन्धीत बनेको छ ।
Sponsored
रक्सीको भट्टि ठाढि झिझा प्रहरी चौकीको ईलाकामा पर्ने दुहबी गाँउमा सञ्चालीत अबैध मदिरा उत्पादक संग समेत रकम असुल गरेकै कारण अब शसस्त्र प्रहरी बोर्डर आउट पोष्टसंग सहयोग माग्ने गाउँलेहरुले बताए ।