अब कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा
टुडेपाटी-
जनकपुरधाम, कात्तिक २ गते ।
अब कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । आर्थिक रूपमा विपन्न, असहाय, अशक्त, अति अपाङ्ग, ज्येष्ठ नागरिक, कोरोनाविरुद्ध अग्रपङ्क्तिमा काम गर्ने, सरसफाइकर्मी र सुरक्षाकर्मीमा लक्षण देखिएमा परीक्षण र उपचार निःशुल्क गरिए पनि अन्यले भने परीक्षण र उपचार खर्च तिर्नु पर्नेछ ।
स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार आइतबारदेखि उपचार र परीक्षण शुल्क लिन पाइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उल्लेखित व्यक्तिले कोरोना बिमा गरेको भए परीक्षण तथा उपचार खर्च बिमाबाट गरिने निर्णय भएको उनले बताए ।