TodayPati

महोत्तरीमा आफ्नै घरमा एक युवक मृत फेला, प्रहरी अनुसन्धानमा जुट्यो

टुडेपाटी

जनकपुरधाम, असोज ३० गते ।

महोत्तरीमा एक युवक आफ्नै घरमा मृत फेला परेका छन् ।

Sponsored

बिहीवार महोत्तरी गाउँपालिका–१ पर्सा टोल बस्ने २२ वर्षीय रामकृपाल दास तत्मा आफ्नै घर कोठामा राती खाना खाएर सुतेको भोलि पल्ट उनी मृत फेला परेका थिए ।

प्रहरीका अनुसार रामकृपाल अबेरसम्म नउठेपछि उनका बुवा उठाउन जादाँ सोही कोठामा उनी भुईमा लडी मृत अबस्थामा फेला परेका थिए ।

प्रहरीलाई घटनाबारे खबर प्राप्त हुनसाथ तत्काल ईलाका प्रहरी कार्यालय महोत्तरी र जिल्ला प्रहरी कार्यालय महोत्तरी बाट प्रहरी टोलि खटिई गई घटना स्थल मुचुल्का पश्चात शव पोष्ट मार्टमको लागी जिल्ला अस्पताल जलेश्वर पठाईएको थियो ।

Sponsored

पोष्ट मार्टम पश्चात शव उनको आफन्तले बुझेर लगेको र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी प्रकाश विष्टले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *