TodayPati

नेकपाकी सांसद सानु सिवा पहाडीको निधन

टुडेपाटी-

जनकपुरधाम, असोज २८ गते ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद तथा जनवादी गायिका सानु सिवा पहाडीको निधन भएको छ ।

Sponsored

प्रतिनिधि सभाकी सांसदपहाडीको बुधबार सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । मुटुमा समस्या देखिएपछि उनलाई उपचारका लागि केएमसीमा भर्ना गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

‘हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी सानु शिवा पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रधामन्त्री ओलीले भनेका छन् ।

Sponsored

लामो समयदेखि मिगौला रोगबाट पीडित पहाडीको २०६३ मा भारतको तामिलनाडुको एपोलो हस्पिटलमा मिगौला प्रत्यारोपण गरिएको थियो ।

राजनीतिका साथसाथै उनी जनवादी गीतसंगीतको क्षेत्रमा समेत क्रियाशील थिइन् । उनका ‘नरोए आमा’ र ‘बाँचेछु भने’ गरी दुईवटा एल्बम प्रकाशित छन् ।

उनलाई २०७४ को निर्वाचनमा तत्कालीन नेकपा एमालेले इलामबाट समानुपातिक सांसदमा चयन गरेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *