TodayPati

प्रदेश २ : प्रहरी र तस्कर समुहबीच झडप, चार राउण्ड हवाई फायर, दुई प्रहरीको टाउको फुट्यो

टुडेपाटी

सप्तरी, असोज २८ गते ।

सप्तरीमा प्रहरी र तस्कर समुहबीच झडप भएको छ । राजविराज नगरपालिका–१३ मुसहर्नियाँमा मंगलबार राति १० बजेतिर प्रहरी र तस्कर समूहबीच झडप भएको हो ।

Sponsored

झडपलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । भारतबाट भन्सार छलेर सामान ल्याउने तस्करको समूह र प्रहरीबीच झड हुँदा दुइ जना प्रहरी घाइते भएका छन् ।

भारतबाट तस्करहरुले सामान ल्याउन लाग्दा प्रहरीले घेरा हालेको थियो । त्यस क्रममा तस्करहरुले स्थानीयलाई बोलाएका थिए । घरेलु हतियारसहित आएकाहरु प्रहरीमाथि जाइलागेको सप्तरीका प्रहरी प्रमुख राजेन्द्र धमलाले जानकारी दिए ।

उनका अनुसार घरेलु हतियार प्रहारबाट प्रहरी हबल्दार कमलदेव यादव र प्रहरी जवान दीपेन्द्र साह घाइते भएका छन् । दुवैको टाउकोमा चोट लागेको छ । जवानको टाउकोमा सात वटा टाँका लगाउनुपरेको एसपी धमलाले बताए ।

Sponsored

झण्डै ७० जना स्थानीयले मिलेर प्रहरीमाथि आक्रमण गर्न खोज्दा चार राउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको एसपी धमलाको भनाई छ । यद्यपि त्यसबीचमा तस्करहरु सामानसहित फरार भएको उनले बताए । फरार भएकाहरुको खोजी भइरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *