TodayPati

महोत्तरीमा कोरोना संक्रमणबाट थप एक युवकको मृत्यु, जिल्लामा मृतकको संख्या १८ पुग्यो

टुडेपाटी

जनकपुरधाम, असोज २८ गते ।

महोत्तरीमा थप एकजना कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।

Sponsored

पिपरा गाउँपालिका–५ चाँदनीचोक बस्ने २५ वर्षीय युवकको संक्रमणबाट मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए ।

योसँगै महोत्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । प्रहरी उपरिक्षक केसीका अनुसार मृतक पिपराका २५ वर्षीय युवक मिर्गौला रोगका बिरामी थिए ।

असोज २२ गते भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र जोरपाटीमा उपचार गर्ने क्रममा २३ गते पिसीआर परीक्षण गर्दा २६ गते उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

Sponsored

उनी सिकिस्त बिरामी भएपछि मङ्गलबार उनको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुर तथा नेपाली सेनाले उनको शव पशुपति आर्यघाटमा व्यवस्थापन गरेको जनाइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *