TodayPati

आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा यी युवक जेल चलान

टुडेपाटी

सुनसरी, असोज २८ गते ।

सुनसरीका एक युवा आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा जेल चलान भएका छन् ।

Sponsored

सुनसरी रामधुनी १ का आशिष प्याकुरेललाई ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि जेल पठाएको हो ।

श्रीमतीले आशिषमाथी जबरजस्ती करणीको उजुरी हालेपछि महानगरिय प्रहरी वृत सातदोबाटोले यही असोज ९ गते उनलाई पक्राउ गरेको थियो ।

ललितपुर जिल्ला अदालतमा भएको बन्द इजलासको बहसमा जिल्ला न्यायाधीश शिवबहादुर रानाभाटको एकल इजलासले प्याकुरेललाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *