देउसीभैलो खेलिरहेको भीडलाई बसले ठक्कर दिँदा दुईजनाको मृत्यु, १८ जना घाइते
टुडेपाटी-
जनकपुरधाम, कार्तिक १९ गते ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको जयठाटीमा देउसीभैलो खेलिरहेको भीडलाई ब्रेक फेल बसले किच्दा दुईजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
वडा नं. ५ र ६ को सिमानामा आज साँझ करिब ५ बजे देउसीभैलो खेलिरहेकाहरूलाई ना ३ ख २४७१ नम्बरको बसले ठक्कर दिएको हो ।
ब्रेक फेल भएपछि बस देउसीभैलो नाच भइरहेको स्थानमा अनियन्त्रित भएर ठोक्किएको थियो ।
दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने घाइतेहरूमध्ये २२ वर्षीया तारा श्रेष्ठको अर्घाखाँची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन् ।
Sponsored