TodayPati

कर्णाली प्रदेश : अविश्वास प्रस्ताव ल्याउने प्रमुख सचेतकलाई मुख्यमन्त्री शाहीले गरे बर्खास्त

टुडेपाटी-
सुर्खेत, असोज २६ गते ।

कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा प्रदेश सभा दलका नेता महेन्द्रबहादुर शाहीले नेकपा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई पदमुक्त गरेका छन् । आफूविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाहीले शाहलाई प्रमुख सचेतकबाट हटाएका हुन् ।

‘नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० कर्णाली प्रदेश सभा दलको नेताको हैसियतमा प्रदेशसभा दलको विधानको धारा ७ अनुसार प्रमुख सचेतकमा नियुक्त गरिएको तपाईंका कामकारबाही सन्तोषजनक नभएकोले आजसम्म गरेको कामका लागि धन्यवाद दिँदै तपाईंलाई प्रमुख सचेतकको जिम्मेवारीबाट मुक्त गरेको छु’, मुख्यमन्त्री शाहीद्वारा हस्ताक्षरित पदमुक्त गरेको पत्रमा भनिएको छ ।

Sponsored

पदमुक्त गरिएको पत्रको बोधार्थ नेकपा कर्णाली प्रदेश, केन्द्रीय कार्यालय र प्रदेशसभा सचिवालयमा पठाइएको छ ।

यस्तै मुख्यमन्त्री शाहीले यसअघिकी सचेतक सीताकुमारी नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरेका छन् ।

शाह पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकट हुन् भने नेपाली अर्का अध्यक्ष पुष्पकमल दाहाल निकट हुन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *