TodayPati

सेलर मिलको फित्तामा बेरिएर पर्सामा एक महिलाको ज्यान गयो

टुडेपाटी-
पर्सा, फागुन १५ गते ।

पर्सामा मिलको फित्तामा बेरिएर एक महिलाको ज्यान गएको छ । पर्साको धोबिनी गाउँपालिका-३ की ४२ वर्षीया ललितादेवी ठाकुरको सेलर मिलको पट्टामा बेरिएर मृत्यु भएको हो ।

बिहीबार बिहान ९ बजे आफ्नै मिलमा धान कुट्ने क्रममा सेलर मिलको फितामा लुगा बेरिएर ललिताको ज्यान गएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले बताए ।

Sponsored

घटनास्थलमा पुगेर प्रहरीले शवको मुचुल्का उठाएको सिंहले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *