TodayPati

सिरहामा रोकी राखेको ट्रकमा मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु, चालक घाइते

टुडेपाटी-
सिरहा, फागुन १५ गते ।

सिरहामा सडक किनारामा रोकी राखेको ट्रकमा मोटरसाइकल ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

बिहीबार बिहान सिरहाको कर्जन्हा नगरपालिका-४ स्थित सडकमा बिग्रिएर सडक किनारामा रोकी राखेको ना.३ ख ९०२४ नम्बरको ट्रकमा स.८ प ७७१२ नम्बरको मोटरसाइकल ठक्कर खाँदा उक्त दुर्घटना भएको सिरहा प्रहरीले जनाएको छ ।

Sponsored

प्रहरीका अुनुसार ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार सिरहाको कल्याणपुर नगरपालिका-८ बस्ने ४० वर्षीय बिपया दासको फुलकुमारी महतो ममोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कल्याणपुर नगरपालिका-८ बस्ने २७ वर्षीय सोनिया दासको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *